News

Feb 3, 2010

एक प्रमी जोडीले दुई रूपैयाँमा विवाह सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर, माघ २१- कञ्चनपुरका एक प्रमी जोडीले दुई रूपैयाँमा विवाह सम्पन्न गरेका छन्। उत्पीडित जातीय मुक्ति समाज, कञ्चनपुरको आयोजनामा बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा दोधार-४ का २१ वर्षीय विरेन्द्र सुनार र सोही ठाउँकी १९ वर्षीया सरिता दमाईले एक आपसमा टीकोटालो गरी प्रगतिशील जनवादी विवाह गरेका हुन्।दुई वर्षदेखि प्रेमी-प्रेमीका रहेका जोडीले परिवारको सहमतिमा दुई रूपैयाँको सिन्दूर किनेर अतिथिहरूको धन्यवाद ग्रहण गर्दै विवाह गरेका हुन्।केटा भारतमा रोजगार गर्दै आएका छन् भने केटी स्थानीय अम्बिका मावि, आम्भोजमा कक्षा ९ मा अध्ययन गर्दै आएकी छिन्।
उत्पीडित समाजका हिरा सार्कीको प्रमुख आतिथ्यमा विवाह सम्पन्न भएको हो।

No comments: