News

Feb 6, 2010

उपराष्ट्रपति मैथिलीमा शपथ लिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ फेब्रुअरी,२०१०,हाल पद निस्क्रिय रहेका उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषामा शपथ ग्रहण गर्नको लागि आज शनिबार राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । मैथिली भाषामा अनुवाद गरिएको शपथपत्रसहित उपराष्ट्रपति कार्यालयले राष्ट्रपतिको निजी सचिवालयमा दर्ता गराएको हो । अन्तरिम संविधान सातौं संशोधनका अनुसार नेपाली भाषा बाहेक मातृभाषामा शपथ लिने भएमा शपथ ग्रहण गर्नु २४ घण्टा अगाडि जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । उपराष्ट्रपति झाले भोलि आइतबार मैथिली भाषामा पुनः शपथग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति कार्यालयले भोलि साँढे तीन बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयले शुक्रबार उपराष्ट्रपतिलाई पत्र पठाएको थियो ।

No comments: