लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्यकर्ता रिहाईको माग गर्दै संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको चौथो दिनको बन्दले मेची र कोशीको जनजीवन प्रभावित भएको छ । फोटोसहितको मतदाता नामावली संकलन कार्य रोक्न माग गर्दै गएको शनिबार आह्वान गरेको बन्दको क्रममा प्रहरीले पक्राउ गरेका पाँच जना कार्यकर्ता रिहाइको माग गर्दै परिषदले बन्द आह्वान गरेको छ । बन्दको क्रममा परिषद कार्यकर्ताहरुले धनकुटा – ४ मा को १ ख २८५० नम्बरको माइक्रोबसमा आगजनी गरेपछि यातायात व्यवसायीहरुले पनि क्षतिपूर्ति माग्दै अनिश्चितकालीन यातायात बन्द गराएका छन् ।
No comments:
Post a Comment