News

Feb 8, 2011

धनकुटामा तीन नेता पक्राउ र लिम्बुवान कार्यालय तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
२२ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलनको विरुद्धमा चलिरहेको आन्दोलनको क्रम्मा आज प्रहरी प्रशासनले धनुकटा जिल्लामा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य चन्द्रसिङ नेम्बाङ, लिम्बुवान भोलेण्टियर्सका धनकुटा जिल्ला इञ्चार्ज गंगाहाङ तिगेला र लिम्बुवान भोलेण्टियर्स निश्चल श्रेष्ठलाई पक्राउ गरेको छ । साथै, भिजिलान्तेहरू प्रयोग गरी लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र रसाइँलीको घर तोडफोड गरेका छन् । उपरोक्त घट्नाहरूको भण्डाफोर गर्दै पक्राउ गरिएका व्यक्तिहरूलाई तुरुन्त रिहागर्न र तोडफोड गरिएको घरको क्षतिपूर्ति उपलब्ध गर्राई दोषीहरूलाई कडा कार्वाही गर्न मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले जोडदार माग गरेको छ । उपरोक्त घट्नाहरूको विरुद्धमा तथा पक्राउ परेका नेताहरुको रिहाईको लागि भोलि २३ गतेदेखि कोशीलोकमार्ग अनिश्चितकालीन बन्द हुने संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

No comments: