News

Feb 6, 2011

गृहमन्त्रालयमा कुरो नमिलेपछि मन्त्रिपरिषद विस्तार भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृहमन्त्रालयका सम्बन्धमा एकीकृत माओवादी र एमालेवीच आ–आफ्ना दाबी रहेपछि आज मन्त्रिपरिषद विस्तार हुन सकेन । एमालेले स्थायी समितिबाट मन्त्री बन्ने तीन जनालाई उपप्रधानमन्त्री सहित अर्थ, गृह र शिक्षा मन्त्रालय दिने निर्णय गरेपछि माओवादीले बिरोध जनाएको हो । माओवादी बिरोधसंगै आज गठन हुने भनिएको सानो आकारको मन्त्रिमण्डल पनि बन्न सकेन ।मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाडका बिषयमा छलफल गर्न सिंहदरबारमा बसेको एकीकृत माओवादी र एमालेका शीर्ष नेतृत्ववीच गृहमन्त्रालय कस्ले राख्ने बिषयमा सहमति हुन नसकेको माओवादी नेता देब गुरुङले जानकारी दिनुभयो । गृहमन्त्रालयमा सहमति कायम हुन नसेपछि अन्ततः नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले एक्लै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । यस अघि बिहान सिंहदरबारमा बसेको आठ सदस्सिय कार्यदलले पनि मन्त्रालय बाँडफाडमा सहमति जुटाउन नसकेपछि त्यसको जिम्मेवारी शीर्ष नेतृत्वलाई दिएको थियो । त्यस लगत्तै सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच भएको बार्ता पनि बिनाकुनै निस्कर्ष सक्किएको छ । लिखित सहमति गरेका कुरालाई एमालेले उलंघन गरेमा सहकार्य अप्ठेरोमा पर्ने भन्दै माओवादी नेता गुरुङले मन्त्रालय र मन्त्रीहरुको पोर्टफोलियो टुङगो नलाग्दा सम्म मन्त्री मण्डल विस्तार हुन नसक्ने बताउनु भएको छ । मन्त्रालयको भाग बन्डाका लागि भोली पनि माओवादी र एमालेले छलफल गर्ने छन् । माओवादीले आफ्ना नेता बर्षमान पुनलाई गृहमन्त्री बनाउने तयारी गरेको छ भने एमालेले बिष्णु पौडेललाई स्थायी समितिबाट निर्णय गराएको छ ।

No comments: