News

Feb 8, 2011

गोर्खा जनमुक्ति मोर्चाको तीन मोर्चा समर्थकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोर्खा जनमुक्ति मोर्चाको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलीबाट तीन मोर्चा समर्थकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा महिला नारी मोर्चाका दुई कार्यकर्ता र युवा मोर्चाका कार्यकर्ता रहेको मोर्चाले जनाएको छ । मोर्चाका प्रचार सचिव हर्क क्षेत्रीले घटनामा दर्जनौंलाई गोली लागेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
बंगाल सरकारले केही दिनदेखि डुवर्समा मोर्चाको आन्दोलन दमन गर्न केन्द्रीय अर्धसैनिक बल परिचालन गरेको छ । मोर्चाले आन्दोलनका कार्यक्रम डुवर्समा केन्द्रीत गरेपछि सीआरपीएफ त्यता तैनाथ गरिएको हो। डुवर्सको नेपालीभाषि बाहुल क्षेत्र सिप्सु कुमानी भन्ने स्थानमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको सिलिगुडीका पत्रकार विजय रुचालले जानकारी दिए । घटनामा मारिएकाको नाम थाहा हुन सकेको छैन । प्रहरीले डुवर्सको मालबजार, सिप्सुलगायतका क्षेत्रमा केही दिनदेखि १४४ धारा लगाएको थियो । यो धारा लगाएपछि समुह बनाएर हिडडुल गर्न निषेध हुन्छ । घटनामा दर्जनौं बढी मोर्चा कार्यकर्ता घाइते भएका छन् ।
प्रहरीले सोमबार पनि नारी मोर्चाको शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेत्र गर्दा करिव दुई दर्जन बढी घाइते भएका थिए । प्रहरीले गोर्खाल्याण्ड पर्सनलको अस्थायी शिविर पनि भत्काएको छ । यसैबीच उक्त घटनाको विरोधमा दार्जिलिङका विभिन्न स्थानमा हिंसा भड्किएको बताइएको छ ।

No comments: