News

Feb 6, 2011

काङ्ग्रेसले प्रतिपक्षमा बस्ने आज औपचारिक निर्णय गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काङ्ग्रेसले एमाले नेतृत्वको वर्तमान सरकारमा प्रतिपक्षमा बस्ने आज औपचारिक निर्णय गर्दैछ । अपरान्ह चार बजे बस्ने केन्द्रीय समिति बैठकले प्रतिपक्षको भूमिका निर्बाह गर्ने औपचारिक निर्णय गर्ने केन्द्रीय सदस्य गगन थापाले जानकारी दिनुभयो । माओवादी र एमालेले काङ्ग्रेसलाई सरकारमा सहभागी हुनुपर्छ भनेर एकपटक पनि औपचारिक आग्रह नगरेको उहाँले बताउनुभयो । ‘बाहिर बाहिर सहमतिको कुरा गर्नेहरुले काङ्ग्रेससँग एकपटक पनि सरकारमा सहभागिताबारे कुरा गरेका छैनन्,’ थापाले अनलाइनखबरसँग भन्नुभयो । वर्तमान सरकार एकीकृत नेकपा माओवादीको समर्थनमा बनेकोले पार्टी सरकारमा सहभागी नहुने यसअघि नै सभापति सुशील कोइरालाले बताउँदै आउनु भएको छ । सहमतिको नाममा एमाले र माओवादीबीचको गठबन्धनले काङ्ग्रेसलाई धोका भएको काङ्ग्रेस नेताहरुको भनाई छ ।

No comments: