News

Feb 7, 2011

'गृह छाड्न माओवादी तयार छैन'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २४ - माओवादी स्थायी समितिका सदस्य देव गुरुङले एमालेको पार्टीले संस्थागत रुपमा सात बुंदे सहमति स्वीकार गरी कार्यावन्यनमा लैजाने प्रतिवद्धता नजनाए दुई दलीय सहकार्य तोडिन सक्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लव नेपाललेको साक्षात्कार कार्यक्रममा सोमबार गुरुङले एमालेले सहमति स्वीकार नगरेमा माओवादी सरकारमा सहभागी नभई बाहिरबाटै समर्थन गर्नसक्ने बताए । 'एमालेबाट सात बुंदे स्वीकार भएन भने सहकार्य तोड् बाध्य हुने छौ,'उनले भने-'त्यसले कस्तो परिणाम आउछ अहिले भन्न सकिदैन ।' उनले मन्त्रालय बाँडफाँट र सात बुंदे सहमति कार्यान्वयमा एमाले नेतृत्व पंक्तिबाट आएका अभिव्यक्तिले एमाले सहमतिबाट पछि हट्न सक्ने चिन्ता उत्पन्न भएको टिप्पणी गरे । उनले एमालेले प्रधानमन्त्री पाएको अवस्थामा गृह मन्त्रालय पाउनु पर्ने जिकिर गर्नु भयो । गृह मन्त्रालय
माओवादीलाई दिने कुरामा एमाले अध्यक्ष झलनाथ खनालले लिखित रुपमै सहमति जनाएको उनको भनाई थियो । उनले भन- 'गृहमन्त्रालय छोड्न माओवादी कुनै हालतमा तयार छैन ।'

No comments: