लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्गकङ्ग
६ फेव्रुवरी २०११एनेकपा माओवादी हङ्गकङ्ग जिल्ला समितिको बैधानिक मोर्चा नेपालि जनसरोकार समाज हङ्गकङ्ग को हङ्गकङ्ग आइेलेण्ड एरिया समिति हालै गठन भएको छ । १७ सदस्य रहेको उक्त समितिमा प्रदिप पोख्रेल अध्यक्ष चयन भएका छन भने अन्य सदस्यहरुमा महेन्द्र रार्इ , गोपाल गुरुङ्ग , कविराज रार्इ , जे वि रार्इ , राम कुमार रार्इ , केशव कार्की, मनोज , नेत्र लिम्बु , किृष्ण चन्द्र रार्इ , नरेश गुरुङ्ग , हिमाल थापा , पूजा रार्इ , खगेन्द्र लिम्बु , उद्धव बहादुर श्रेष्ठ , गोपाल शिवा रहेका छन ।नव निर्वाचित अध्यक्ष पोख्रेल राष्ट्रिय सहिद रेजिना पोख्रेल द्वारिकाको सहोदर दाई हुन भने हङ्गकङ्गमा लामो समयदेखि समाज सेवामा सकृय रहँदै आएका छन । उक्त भेलामा एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला समिति सचिव पूर्ण लोक्सोम तथा वरिष्ठ सदस्य किशोर महराको उपस्थिति रहेको थियो । एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला समितिको मातहत मा किराँत मुक्ति मोर्चा , लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा , तमुवान मुक्ति मोर्चा , मगर राष्ट्रिय मुक्ति मोर्चा र नेपालि जनसरोकार समाज केन्द्र समिति तथा युनलोङ्ग , चुनवान , काउलुन , हङ्गकङ्ग क्षेत्रिय समिति गरी जम्मा ९ उप समिति भएका छ । आगामि पार्टी रणनिति लाई ध्यानमा राखि सँगठन विस्तारमा तिब्रता दिइएको बुझीन आएको छ ।
No comments:
Post a Comment