News

Feb 8, 2011

सार्कको विदेशमन्त्रिस्तरिय वैठक थिम्पूमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्रिस्तरिय वैठक आजदेखी भूटानको थिम्पूमा सुरु भएको छ। मन्त्रि स्तरिय वैठकमा हिजो सम्पन्न विदेश सचिवस्तरिय र्वैठकले उठाएका मुद्धामा छलफल हुनेछ। मन्त्रीस्तरिय छलफलवाट निस्कने निचोड आगामी शिखर सम्मेलनमा पेश गरिने भएको छ । सचिवस्तरिय वैठकमा अघिल्लो शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने र आगामी शिखर सम्मेलनको पूर्वाधार तयार पार्ने विषयमा छलफल भएको वताईएको छ। वैठकमा भिसाको संयन्त्र, साझा मुद्रा, आतंकवाद नियन्त्रण, सार्क कोष लगायतका विषयमा समेत छलफल भएको थियो । मन्त्री स्तरीय वैठकमा नेपालका तर्फवाट परराष्ट्र मन्त्रालयका सचिव डा. मदनकुमार भट्राई सहभागी हुनुभएको छ।

No comments: