News

Feb 8, 2011

एसीसी यू १९ एलिट कप क्रिकेटको फाइनलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल थाइल्याण्डमा जारी एसीसी यू १९ एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज कतारले दिएको ११४ रनको विजयी लक्ष्य २० ओभरमा मात्र ४ विकेट गुमाएर नेपालले सहज जित हात पारेको हो । चारपटकको उपाधि विजेता नेपालले आज सम्पन्न सेमिफाइनलमा कतारलाई ६ विकेटले पाखा लगाउदै उपाधिको नजिक पुगेको छ ।
नेपालले उपाधिका लागि लिग चरणमा पाखा लगाइसकेको अफगानिस्तानसँग आउँदो बिहीबार प्रतिस्पर्धा गर्नेछ । यो सगै नेपालले अन्डर नाइन्टीन विश्वकप क्रिकेटको छनोट खेलमा समेत आफनो स्थान पक्का पार्न सफल भयो । नेपालको विश्वकप यात्रा पनि पाचौ पटक हो । एसियन इन्स्टीच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेको नेपालले ब्याटिङमा निम्तो दिएपछि कतारले पहिले ब्याटिङ गर्दै १ सय १३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १४ रन बनाउदै जित हात पारेको हो ।
नेपालका तर्फबाट नरेश बुढाएरले ४१ रन, सागर पुनले ३६ रन र फैजुर खानले १९ रनको योगदान गरेका थिए । सागर ३६ रनमा बाहिरिएपछि मैदानमाआएका प्रदिप ऐरीले १२ रनको योगदान गरे । पहिलो विकेटका रुपमा बाहिरिएका सुवास खकुरेलले भने मात्र दुई रनको योगदान गरेका थिए । नेपाली टोलीका कप्तान पृथु वास्कोटा बलिङका क्रममा घाइते भएपछि नेपाली टोलीका उपकप्तान राहुल विकेले टिमको जिम्मेबारी सम्हालेका थिए । फिल्डिङका क्रममा पृथुको लिगामेन्ट च्यातिएपछि कम्तीमा तीन साता आराम गर्नुपर्ने चिकित्सकले जनाएका छन् ।
यसअघि कतारलाई न्यून रनमा रोक्न राहुलले चार विकेट आफनो पोल्टामा पारे भने भुवन कार्किले दुई विकेट हात पारे । कतार नेपाली बलर सग४७ ओभरसम्म टिकेपनि राम्रो रनको योगफल बनाउन असफल भएको थियो । उता अर्को खेलमा अफगानिस्तानले हङकङलाई पाखा लगाएर नेपालसगको भिडन्त पक्का पारेको छ । अफगानिस्तानसग हङकङ ७ विकेटले पराजित भएको हो । पहिले ब्याटिङमा उत्रेको हङकङले दिएको १ सय ३४ रनको विजयी लक्ष्यलाई ३१ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्दै अफगानिस्तानले फाइनलमा पुगेको हो । जीतसँगै यी दुई विचको उपाधि भिडन्त पक्का भएको हो ।

No comments: