News

Feb 5, 2011

मोबाइलबाट राति ५५ पैसामा फोन फागुन १ गते देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २३ - नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले फागुन १ गने देखि राति प्रतिमिनेट ५५ पैसामा कुराकानी गर्न सक्ने भएका छन् । कम्पनीले सातौं वाषिर्कोत्सवको अवसरमा राति १० देखि बिहान ६ बजेसम्म सबै प्रकारका मोबाइल प्रयोगकर्तालाई सस्तो शुल्कमा फोन गर्न पाउने घोषणा गरेको हो ।
'जीएसएम र सीडीएमएका पोस्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताले सस्तो शुल्कमा फोन गर्न पाउनेछन्,' कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने, 'हाल यस अवधिमा प्रतिमिनेट ७५ पैसा शुल्क लाग्छ ।'
कम्पनीले माघ २२ देखि २४ गतेसम्म जीएसएम मोबाइलको एक सय र दुई सय रुपैयाँको रिचार्जमा क्रमशः १० र २० रुपैयाँ बोनस दिने जनाएको छ । सीडीएमएको २ सय ४ रुपैयाँको रिचार्जमा २० रुपैयाँ बोनस दिने भएको छ । फागुन १ देखि लागू हुने गरी कम्पनीले एडीएसएल सेवामा विभिन्न योजना ल्याउने भएको छ । घरायसी एडीएसएल उपभोक्तालाई प्रतिमहिना ९ सय रुपैयाँमा दिँदै आएको १ सय २८ केबीपीएस गतिको इन्टरनेट ब्यान्डविथ बढाएर १ सय ९२ केबीपीएस पुर्‍याउने भएको छ । १ हजार ५ सय रुपैयाँमा दिदै आएको २ सय ५६ केबीपीएसको एडीएसएलको गति ३ सय ८४ केबीपीएस पुर्‍याउनेछ । भोलुम बेस (जत्ति डाटा चलायो त्यति पैसा लाग्ने) एडीएसएल सेवाका ग्राहकले प्रतिमहिना ६ सय ६० रुपैयाँमा ३ जीबीसम्म डाटा डाउनलोड गर्न सक्नेछन् । हाल यस शुल्कमा २ जीबी डाटा मात्र डाउनलोड गर्न सकिन्छ । यस्तै १ हजार ६० रुपैयाँमा १ हजार ६० रुपैयाँमा दिइएको ४ जीबी डाटा डाउनलोड गर्न सकिने सेवालाई बढाएर ६ जीबी पुर्‍याउने भएको छ ।

No comments: