News

Feb 5, 2011

डिएलएको पोखरा घोषणापत्र जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, २२ माघ,डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को आठौँ महाधिवेशन सातबुँदे पोखरा घोषणा पत्र सार्वजनिक गर्दै शनिबार सम्पन्न भएको छ । स्वतन्त्र सक्षम न्यायप्रणाली आजको आवश्यकता, लोकतन्त्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता भन्ने उद्देश्य र लोकतन्त्रको स्थायित्वका लागि, शान्ति, संविधान र बहुलवादः डिएलएको सरोकार नारासहित भएको डिएलएको महाधिवेशन शुक्रबार सुरु भएको थियो । डिएलएद्वारा जारी घोषणापत्रमा संविधान निर्माण, शान्तिप्रक्रियाको टुंगो, दण्डहीनता अन्त्य, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामा विशेष जोड दिइएको छ । घोषणापत्रमा मानवअधिकार, लोकतन्त्र, बहुलवाद तथा विधिको शासनलगायत सामाजिक सुरक्षालाई पनि प्रमुख मुद्दाका रूपमा उठाइएको छ । क्षमता अभिवृद्धि तथा अवसरहरूको न्यायोचित वितरण, व्यावसायिक क्षमता अभिवृद्धि, संस्थागत विकास र त्यसको परिचालन तथा व्यवस्थापन हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

No comments: