News

Feb 5, 2011

माओवादी स्थायी समितिको बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा पठाउने नामावलीका विषयमा टुङ्गो लगाउन माओवादी स्थायी समितिको बैठक बस्दैछ । बैठकमा एमालेसँगको छलफलका आधारमा पाउने मन्त्रालय अनुसार नाम चयन गरिनेछ । कृष्णबहादुर महराको नेतृत्व माओवादीले सरकारमा सहभागिता जनाउने तयारी गरेको छ ।बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सहमतिका आधारमा आजै चारजनाको नाम सिफारिस गर्ने तयारी छ । मन्त्रालयको कुरा मिलिनसके पनि आबश्यकताका आधारमा पछि फेरवदल हुनेगरि मन्त्रालयको जिम्मेवारी दिने सकिने गरिपनि आज नाम तय गरिनेछ । माओवादीले गृह सहितका महत्वपूर्ण मन्त्रालयमा दावी गरेको छ भने एमालेले गृह आफैसँग राख्ने अडान लिएको छ ।

No comments: