News

Feb 9, 2011

अयोग्य माओवादी लडाकूहरुद्वारा संयुक्त राष्ट्रसंघीय कार्यलयमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलालीको धनगढीमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यलयमा तोडफोड गरिएको छ। अयोग्य माओवादी लडाकूहरुले कार्यलय भवन तथा सवारी साधनमा तोडफोड गरेका छन्। आक्रमणबाट कार्यलयको भवनको भित्री भाग, झ्यालकाका सिसा तथा कार्यलयको छैसठ्ठी-एक-अठार सय बीस नम्बरको गाडीमा क्षति पुगेको छ। आक्रमणमा संलग्न सात जना अयोग्य लडाकूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। माघ उन्नाइस गते अयोग्य लडाकूहरुले संघको कार्यलयमा प्रतिव्यक्ति आठ लाख बैदिशिक रोजगारीमा जान खर्च दिनुपर्ने र अनमिन संघ भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग राख्दै बिज्ञप्ति बुझाएका थिए।

No comments: