लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २४ - एक वर्षको अवधिमा इन्रनेट प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको मंसिर महिनाको तुलनामा अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या झन्डै तीन गुणाले बढेको छ । गत वर्षको मंसिरमा कुल जनसंख्याको २ दशमलव ५५ प्रतिशतमा मात्र इन्टरनेट पुगेकामा यो संख्या यसपालि ६ दशमलव ७८ प्रतिशत पुगेको छ । असोजको तुलनामा इन्टरनेट प्रयोगकर्ताको संख्या एक प्रतिशतले वृद्धि भएको छ । दूरसञ्चार प्राधिकरणले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा मोबाइलमा जिपिआरएस चलाउनेको संख्यामा भएको वृद्धि र एडिएसएलको विस्तारले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि गर्न सघाएको हो ।
'गत वर्षको मंसिरमा मुलुकको अनुमानित २ करोड ७५ लाख जनसंख्यामध्ये ७ लाख ३ हजारमा इन्टरनेटको पहुँच थियो,' प्रतिवेदनमा छ, 'यस मंसिरमा अनुमानित २ करोड ८० लाख जनसंख्यामा १९ लाख २ हजारमा इन्टरनेट सेवा पुगेको छ ।' यस वर्षको असोजमा इन्टरनेट प्रयोगकर्ताको संख्या १६ लाख २३ हजार थियो । मुलुकका प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले पछिल्लो समयमा मोबाइलमा डाटा सेवालाई प्राथमिकता दिएकाले संख्यामा उल्लेख्य वृद्धि भएको हो । गत वर्षको मंसिरमा जिपिआरएस चलाउनको संख्या ५ लाख १९ हजार रहेकामा यस मंसिरमा यो संख्यामा उच्च वृद्धि भई १६ लाख ६४ हजार पुगेको छ ।

No comments:
Post a Comment