News

Feb 8, 2011

भोलिसम्ममा मन्त्रिमण्डल गठनको टुंगो लाग्ने प्रचण्डको दावी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोलिसम्ममा मन्त्रिमण्डल गठनको टुंगो लाग्ने दावी गरेका छन्। साथै माओवादीले एमालेसँग सत्ता समिकरणको टुङ्गो नलागेसम्म आफ्नो तर्फबाट समावेश गरिने मन्त्रीहरुको नामावली नपठाउने भएको छ। काठमाडौंमा सुलभ दुध डेरीको उद्घाटन गर्दै अध्यक्ष दाहालले बुधबारसम्ममा मन्त्रिपरिषद् गठन र मन्त्रालय बाँडफाँडको टुंगो लाग्ने विश्वास व्यक्त गरे। एमालेसंग निरन्तर छलफलमा रहेका अध्यक्ष दाहालले आफ्नो सम्पूर्ण ध्यान सरकार गठनमै केन्द्रीत गरेको जानकारी दिए। अध्यक्ष दाहालले नयाँ सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष महत्व दिने समेत बताए।

No comments: