लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोस्रो विश्वयुद्धताकाका बि्रटिस प्रधानमन्त्री विन्स्टन चर्चिलको नक्कली हस्ताक्षर गरेर 'व्यापार' गरिरहेका एक ब्रिटिस नागरिकलाई पुलिसले पक्राउ गरेको छ । ६५ वर्षीय ती व्यक्तिले पुराना किताबहरूमा चर्चिलको हस्ताक्षर गर्दै बेच्ने गरेका थिए । जे आरआर टोल्किन, टिएस इलियट, रोबर्ट लुइस स्टेभेन्सन आदिका किताबमा चर्चिलको नक्कली हस्ताक्षर गर्दै उनले ती किताब महँगो भाउमा बेचिरहेका थिए । उनलाई महानगरीय पुलिसको कला तथा प्राचीन सामग्री विभागले दक्षिणी बि्रटिस नगर लिमिङ्टनमा पक्राउ गरेको थियो । विभागमा करिब १८ महिनायता किताब र अरू सामग्रीमा चर्चिलको नक्कली हस्ताक्षर गरेर आफूलाई ठगिएकोबारे दर्जनौँ गुनासो आएको थियो । 'चर्चिलको नक्कली हस्ताक्षर गरेर ती व्यक्तिले किताब तथा अरू सामान चर्चिलको भएको भन्दै बेच्ने गरेका या बिक्रीमा राख्ने गरेका थिए,' पुलिसले एक वक्तव्यमा भनेको छ, 'ती सामग्रीको असाध्यै चर्का मूल्य राखिएको थियो, तिनको वास्तविक मूल्यभन्दा हजारगुणासम्म बढी ।' पुलिसले ती ठगबाट हस्तलेखनमा प्रयोग हुने थुप्रै कलम र पुराना लेखकका केही किताबसमेत बरामद गरेको छ । उनलाई हिरासतमा राखिएको छ र प्रहरीले अरू अनुसन्धान गर्दै छ ।

No comments:
Post a Comment