News

Feb 5, 2011

एमालेबाट अधिकारी र पौडेल मन्त्री भए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेले आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको टुंगो लगाएको छ । एमाले स्थायी कमिटी बैठकले भरतमोहन अधिकारीलाई अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ । यसैगरी सचिव विष्णु पौडेललाई पनि एमालेले मन्त्री बनाउने निर्णय गरेको छ । अधिकारी संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नं. २ बाट माओवादीका लालबहादुर सुस्लिङ मगरसँग पराजित भएका थिए । अधिकारी ०५१ मा एमालेको एकल सरकारमा अर्थमन्त्री थिए भने शाही सरकारमा सहभागी भएकाबेला शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । पौडेल रुपन्देहीबाट संविधानसभा निर्वाचनमा विजयी भएका हुन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको गठबन्धन सरकारमा जलस्रोत मन्त्री थिए ।

No comments: