News

Feb 9, 2011

प्रधानमन्त्रीको खनालको सम्बोधन स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ मन्त्रिमण्डल बन्न नसक्दा व्यवस्थापिका-संसदको बैठक बुधबार पनि सूचना टाँस गरेर स्थगित भएको छ । बैठकमा नयाँ प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम थियो । संसदका लागि आवश्यक पर्ने विज्नेस र सरकारको आन्तरीक कारणले गर्दा बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । नयाँ सरकार बनेपछि संसदको बैठक दोस्रो पटक सूचना मार्फत स्थगित भएको हो । यस अघि पनि संसदको बैठक सूचना टाँसेर स्थगित भएको थियो । बैठक अब भोली तीन बजे बस्ने छ ।

No comments: