लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्कीको लेखनाथ नगर पालिकामा भैरहेको लेखनाथ महोत्सवमा श्रीमान् श्रीमतीको नृत्य प्रतियोगिता आकर्षणको माध्यम बनेको छ । महोत्सवमा भएको जोडाजोडि नृत्य प्रतियोगिताबाट दर्शकहरुले भरपुर मज्जा पनि लिइरहेका छन् । हजारौं दर्शकका माझ मञ्चमा नाँचिरहेको यी जोडी नृत्य गर्नका लागि मात्र आएका जोडी होइनन्, जीवनभर संगै मर्ने, संगै बाँच्ने कसम सहित बैबाहिक सम्वन्धमा गाँसिएका श्रीमान श्रीमती हुन यिनीहरु । सात तालको बाटिका शहर लेखनाथमा आयोजित सातौ लेखनाथ महोत्सवमा यो नौलो प्रयोग गरिएको हो ।
आयोजकले जोडी नृत्य प्रतियोगिता आयोजना गरेर श्रीमान र श्रीमतीको जोडीहरुबीच प्रतिस्पर्धा गराइ रहेको छ । विदेशी टेलिभिजनहरुमा श्रीमान् श्रीमतीको नृत्य प्रतियोगिता निकै लोक प्रिय भएपनि नेपालमा भने यो पहिलो प्रयास भएको आयोजकको दाबी छ । लेखनाथ उद्योग वाणिज्य सघंको आयोजनाम माघ १४ देखि शुरु भएको महोत्सवमा राखीएको जोडी नृत्य प्रतियोगिता प्रमुख आकर्षण कै रुपमा रहेको छ। जोडी नृत्य प्रतियोगितमा भाग लिनका लागि १६ जोडाजोडीले आबेदन दिएका थिए । १६ मध्ये १० जोडीलाई निणार्यकले छनौट गरेर स्टेजमा नृत्य प्रर्दशन गराइरहेका छन् । जोडि नृत्यमा विजयी हुने जोडिलाई नगद तिस हजार ५ सय ५५ सहित हनिमुन मनाउन पोखराको पाँच तारे होटलमा निशुल्क कोठा उपलब्ध गराइने छ। त्यसै गरी दोस्रो हुनेलाई अनलक्की पुरस्कार मार्फत लेखनाथको लेखनाथ रिसोर्टमा एक दिनका लागि हनिमुन प्याकेज प्रदान गरिने छ ।
महोत्सवमा पहिलो पटक राष्ट्रिय उपयूक्त र ग्रामीण प्रविधि प्रदर्शनी समेत गरिएको छ । २०५८ सालमा सुन्तला प्रदर्शनीबाट शुरु भएको लेखनाथ महोत्सवमा प्रविधिसँगै उत्पादित बजारको प्रवर्द्धन, कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धन गरिने छ। माछा, ताजा तरकारी, कफि, मह र जैविक विविधता महोत्सवको आकर्षणको रुपमा रहेका छन् । महोत्सवमा विभिन किसिमका ३ सय स्टल रहेका छन् । मेलामा हालसम्म एक लाख ५० हजार दर्शकले अवलोकन गरिसकेको आयोजकले जानकारी दिएका छन् ।

No comments:
Post a Comment