News

Jul 1, 2011

मधेसी मोर्चाले सरकार सञ्चालनका विषयमा १५ बुँदे ध्यानाकर्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १७ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार सञ्चालनका विषयमा १५ बुँदे ध्यानाकर्षण बुझाएको छ । सिंहदरवारमा शुक्रबार बिहान भएको प्रमुख तीन दलका नेताहरुसँगको छलफलमा संवैधानिक निकायमा नियुक्ति, बजेटलगायतका विषयमा १५ बुँदे ध्यानाकर्षण बुझाएको सदभावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । मोर्चाले तीन दलसँग राज्यपुर्नसंरचना, राज्यशक्तिको बाँडफाँटलगायतका संविधान निर्माणका विषयमा पनि छलफल गरेको छ । शासकीय स्वरुपबारे छलफल चलिरहँदा मोर्चाका माग प्रमुखरुपमा उठेपछि प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले छलफल गरेका हुन् । मधेसी मोर्चाले एक मधेस एक प्रदेशलगायतका माग राख्दै आएको छ ।

No comments: