लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १७ - पत्रकार आक्रमणकाविरुद्ध आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघले आफ्नो दबाब कानुनी कारबाहीमा केन्द्रित गर्ने भएको छ । केन्द्रीय कार्यसमितिका राजधानीमा उपलब्ध पदाधिकारी र सदस्यहरुको शुक्रबार बसेको बैठकले न्यायालयबाट प्रभावकारी न्याय पाउने अपेक्षासमेत गरेको छ । 'महासंघ कानुनी शासन र स्वतन्त्र न्यायालयमाथि विश्वास गर्ने संस्था भएका कारण महासंघको अवको दबाब अभियान दोषीहरुलाई कानुनी कारबाही गर्नतर्फ केन्द्रित हुने जानकारी गराउँदछौं,' बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, 'तसर्थ, अव मुद्दा स्वतन्त्र न्यायालयमा पुगेकोले पत्रकार खिलानाथ ढकालमाथि सांघातिक हमलाका योजनाकार पर्शुराम बस्नेतसहित सबै दोषीलाई सजाय गरी न्यायालयबाट प्रभावकारी न्याय पाउने अपेक्षा महासंघको छ ।'बैठकमा विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको ज्यादतीको घटनाका सम्बन्धमा भएको पहिलो र दोस्रो चरणको आन्दोलनको समीक्षा भएको छ । आन्दोलनपछि घटनामा संलग्न आरोपितहरु रोहित कोइराला र मनोज राईलाई पक्राउ गर्न सरकार बाध्य भएको, योजनाकार पर्शुराम बस्नेतसहित तीनजनामाथि ज्यान मार्ने उद्योग र अपहरण मुद्दा मोरङ्ग जिल्ला अदालतमा दर्ता भएको, पीडितलाई क्षतिपूर्ति दिन सरकार बाध्य भएको महासंघको मूल्याङ्कन छ ।
No comments:
Post a Comment