लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २१,संविधानसभाको बिहीबारको बैठकमा पनि प्रमुख राजनीतिक दलका नेताहरू राज्यको पुनःसंरचना सम्बन्धमा एकमत हुन सकेनन् । 'राज्यको पुनःसंरचना र शक्तिको बाँडफाँड समितिको अवधारणापत्र र प्रारम्भिक मस्यौदासम्बन्धी प्रतिवेदन २०६६' माथिको छलफलका क्रममा यसअघिका बैठकहरूमा झैँ प्रमुख राजनीतिक दलका नेताहरूबीच बेमेल देखिएको हो । एमाओवादीका नेता रामबहादुर थापाले राज्यको सीमाङ्कन र नामकरणको समर्थन गर्दै सीमाङ्कन र नामकरण देशको वस्तुगत यथार्थसँग मेल खाने गरी गरिएको बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता लक्ष्मण घिमिरेले भने प्रतिवेदनमा उल्लेख भएबमोजिम १४ वटा प्रदेशको विभाजन ठीक नभएको जिकिर गर्नुभयो । अहिले गरिएको सीमाङ्कन र नामाङ्कन अवैज्ञानिक र अव्यावहारिक भएकाले विशेषज्ञ सम्मिलित आयोग बनाएरमात्र राज्यको सीमाङ्कन र नामाङ्कन गर्नुपर्ने धारणा नेता घिमिरेको थियो । नेकपा (एमाले)का नेता विष्णु पौडेलले राज्यको पुनःसंरचनाप्रति असन्तुष्टि प्रकट गर्दै १४ प्रदेशको नक्साङ्कन र नाम अवैज्ञानिक रहेको उल्लेख गर्नुभयो ।

No comments:
Post a Comment