News

Feb 5, 2010

चिकित्सकहरुद्धारा सरकार बहिष्कारको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५,फेब्रुअरी, २०१०,सरकारले आफूहरुको मागहरुको वेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले सरकारलाई पूर्ण रुपमा असहयोग गर्ने निर्णय गरेको छ ।आज राजधानीमा पत्रकार सम्मेदनको आयोजना गरी संघले सहमति र निर्णय कार्यान्वयन नगर्ने सरकारको प्रवृतिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वभाविक आदत वा कमजोरी मानेर सहज रुपमा ग्रहण गर्न नसक्ने भन्दै फागनु १ गते देखि देशव्यापी भद्रअवज्ञा र असहयोग अभियान चलाउने जनाएको छ । उसले पहिलो चरणमा नीजि क्षेत्रमा लिदैँ आएको अतिरिक्त स्वास्थ्य शुल्क नतिर्ने निर्णय गरेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. केदारनरसिंह केसीले स्वास्थ्य संस्थाहरुलाई उक्त शुल्क आम सेवाग्रहीबाट नलिन सबै स्वास्थयकर्मीहरुलाई आग्रह गरे । उनले चैत्रसम्मा पनि सरकारले आफूहरुको मागलाई वेवास्ता गरे वैशाखदेखि सरकार कार्यक्रमहरु पूर्ण रुपमा बहिष्कार गर्ने चेतावनी दिए । संघले चिकित्‍सकहरुको सुरक्षा व्वस्था गर्न बनेको ऐन, स्वास्थ्य सेवामा लगाइएका ५ प्रतिशत अतिरिक्त शुल्क खारेजी लगायतका माग अघि सार्दै आएको छ ।

No comments: