News

Feb 5, 2010

प्रा.डा. टंक प्रसाद न्यौपाने हङकङमा आउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/देश सुब्बा
आठपहरिया राई भाषामा पीएचडी गरेका वरिष्ठ भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपाने धरान हङकङ मञ्चको दशौं वार्षिक उत्सवमा भाग लिन यही फेब्रुअरी ६ तारिख शनिबार हङकङ आइपुग्ने भएका छन् । न्यौपानेले लोहरुङ भाषाको व्याकरण लेखिसकेका छन् भने याम्फू भाषाको व्याकरण लेख्दै छन् । “नेपालमा रहेका विभिन्न भाषाको संरक्षण गर्नुपर्छ । विभिन्न भाषासँग अन्तरक्रिया गर्नुपर्छ । भाषिक समावेशी धारणा वृद्धि गर्न सकिन्छ भन्ने मान्यता राखेर मात्र उनलाई पीएचडी गर्न दिइएको थियो । अन्यथा उनको पीएचडीको विषयलाई विश्व विद्यालयमा बखेडा झिक्ने मान्छेहरूले झण्डै हावा खुवाइदिएका थिए । अहिलेसम्म कार्यरत प्राध्यापकहरूमध्ये पूर्वाञ्चलभरिमै भाषाशास्त्रमा पीएचडी गर्ने उनी एक्ला हुन् । वनी भयवाद अध्ययन केन्द्र धरानका अक्ष्यक्ष र भर्खरै काठमाण्डौमा घोषणा भएको समुच्च विचारको व्याख्याता पनि हुन् । नेपाल क्लब हङकङले प्रथम पटक आयोजना गर्न लागेको “नेपाल गोल्ड कप”, धरान हङकङ मञ्चको दशौँ वार्षिक उत्सव, नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षिक कार्यक्रम र हङकङेली नेपाली साहित्यको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । न्यौपानेको साथमा कथाकार तथा कान्तिपुर दैनिकका धरान संवाददाता प्रदीप सेमी मेन्याङबो, कलाकारहरू सुभान लिम्बू र तुहिन लिम्बू पनि आउँदैछन् ।

No comments: