News

Feb 5, 2010

एउटै गाविस सचिवले १० वटा गाविससम्म हेर्नुपर्ने अवस्था सिर्जना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २२,मुलकभरका ३ हजार ९ सय १३ मध्ये १ हजार २ सय गाविस सचिवबिहीन भएका छन्। यही कारण एउटै गाविस सचिवले १० वटा गाविससम्म हेर्नुपर्ने अवस्था सिर्जना भएको छ। सभासदहरुसँगको कार्यक्रममा मन्त्रालयका सचिवहरुले यो जानकारी दिएका हुन। यही कारणा सभासद्को टोलीसँग अन्तरक्रियाका लागि धेरैभन्दा धेरै जनताको सहभागिता गराउन मन्त्रालयमा पूर्व सूचना र कार्यतालिका दिन पनि सचिवहरुले सभासद्सँग आग्रह गरे।उनीहरु समयमै संविधान लेखन कार्यमा आ-आफ्नो मन्त्रालयका तर्फबाट गर्न सकिने सहयोगबारे संविधानसभा नागरिक सम्बन्ध समितिको बैठकमा सभासदहरुलाई बताउँदै थिए। त्यहाँ उपस्थित २० भन्दा बढी सचिवले गाविस सचिवहरु धेरै समयदेखि कार्यक्षेत्रमा बस्ने वातावरण नभएकाले राय सुझाव लिने कार्य सहज नभएको बताएका थिए।संविधानसभाको पहिलो मस्यौदामाथि सुनुवाइ गर्ने क्रममा फागुन १६ देखि चैत ७ गतेसम्म सभासद्हरु मुलुकका विभिन्न भाग जाने सिलिसलामा सचिवहरुसँग यो कार्यक्रम राखिएको थियो।

No comments: