News

Feb 1, 2010

अमेरिकाको आर्थिक वृद्धिदर ५ वर्षयताकै सबैभन्दा उच्च

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको आर्थिक वृद्धिदर ५ वर्षयताकै सबैभन्दा उच्च भएको छ । अमेरिकामा सन् २००९ को चौथो त्रैमासिक अर्थात् गत अक्टोबरदेखि डिसेम्बरको अवधिको आर्थिक वृद्धिदर ५ दशमलब ७ प्रतिशत रहेको छ । यसअघि अघिल्लो वर्षको समान अवधिमा वृद्धिदर २ दशमलब २ प्रतिशत मात्र थियो ।अमेरिकाको वाणिज्य विभागले सार्वजनिक गरेको तथ्यांकले अमेरिका अब झन्डै डेढ वर्ष लामो आर्थिक मन्दीको दौरानबाट बाहिर निस्कन लागेको संकेत गरेको छ । कम्पनीहरूको खर्च बढाउने, मौज्दात घटाउने दर अत्यन्त कम राख्ने र खरिदारीका लागि उपभोक्ताको उत्साह बढाएकाले अमेरिकी अर्थ व्यवस्थामा पछिल्लो ३ महिनामा वृद्धिदर बढेको हो ।चौथो त्रैमासिकको वृद्धिदरले मात्र समग्र अर्थतन्त्रको विश्लेषण गर्न नसकिने अर्थविज्ञहरू बताउँछन् । आर्थिक वृद्धिदर बढे पनि कुल गार्हस्थ उत्पादन भने मात्र २ दशमलब ४ प्रतिशत छ, जुन सन् १९४६ पछिको सबैभन्दा खराब प्रदर्शन हो । आर्थिक वृद्धिदर मजबुद बन्दै गएको तथ्यांकले अमेरिकी सेयर बजारमा पनि रौनक ल्याइदिएको छ ।

No comments: