लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ फेब्रुअरी, २०१०,प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीले सरकार परिवर्तन आफूहरुको पहिलो मुद्दा भएको बताएको छ । उसले उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको वैठकमा पनि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुनु पर्ने प्रस्ताव राखेको छ । काँग्रेसका सभापति एवं संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निवास महाराजगाजमा आज बसेको वैठकमा माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको हो । बैठकमा माओबादीले राष्ट्रपतिको कदमका कारण मुलुकमा राजनीतिक गतिरोध आएको भन्दै शान्ति प्रकृया र नयाँ संबिधानलाई समयमा बनाउनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको हो । यद्यपि बैठकमा माओबादीले राखेको सरकार सम्बन्धी धारणालाई अन्य दलहरुले गम्भिर रुपमा नलिएको बैठकमा सहभागि कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए । माओबादी र एमालेले सरकारको नेतृत्व गर्न काँग्रेसलाई संस्थागत निर्णय गरेर प्रस्ताव गरेमा नेतृत्व लिन तयार रहेको बताउदैँ आएको कांग्रेसले सहमति भए आफैँ नेतृत्व लिन तयार रहेको पनि बैठकमा बताएको नेता केसीले जानकारी दिए ।

No comments:
Post a Comment