News

Feb 1, 2010

ताइवानलाई हतियार बेच्ने अमेरिकी निर्णयप्रति चीन रुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, माघ १७,ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी निर्णयको विरोधमा चीनले कडा प्रतिक्रिया व्यक्त गरेको छ। बेइजिङले अमेरिकासँगको सैनिक आदानप्रदान कार्यक्रमलाई निलम्बन गर्ने भएको छ भने हतियार बेच्ने कम्पनीलाई नाकाबन्दी र सहयोगको महत्वपूर्ण कुरामा पुनर्विचार गर्ने भएको छ। अमेरिकाले ताइवानलाई ६ अर्ब ४० करोड अमेरिकी डलर बराबरको हतियार बेच्ने निर्णय गरेको थियो। इन्टरनेटमाथिको सेन्सरशीप र व्यापारका कारण दुई देशको सम्बन्ध यसअघि नै चिसिएको छ।
प्रस्तावित अस्त्र बिक्री
- १ सय १४ वटा प्याटि्रट क्षेप्यास्त्र (२.८१ अर्ब)
- ६० वटा ब्ल्याक हक हेलिकप्टर (३.१ अर्ब)
- सूचना उपकरण (३४ करोड)
- २ वटा पानी जहाज (१० करोड ५० लाख)
- १२ वटा हापोन क्षेप्यास्त्र (३ करोड ७० लाख)ताइवान-चीन सम्बन्ध
- सन् १९४९ को चिनियाँ गृहयुद्ध समाप्तिपछि छुट्टाछुट्टै शासन
- सो द्वीपलाई चीनले आफ्नो भूभाग रूपमा लिन्छ
- चीनद्वारा 'एक देश, दुई शासन प्रणाली' को समाधान प्रस्ताव, हङकङ जस्तै

No comments: