लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधबकुमार नेपालको विकल्पकाबारे सत्तारुढ गठवन्धन भित्रै आवाज उठ्न थालेको बेला प्रमुख प्रतिपक्षी एकीकृत माओवादी भने सत्तारुढ गठबन्धन भित्रको छटपटीलाई आफ्नो पक्षमा पार्न लागिपरेको देखिएको छ। सोमबारको उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठकमा माओवादीले नयाँ संयुक्त सरकारको आवश्यकतामाथि पुन: जोड दिनुलाई त्यसको प्रमाणको रुपमा हेरिएको छ। तर सत्तारुढ नेपाली कांग्रेसले भने अहिलेको अवस्थामा सरकार परिवर्तन हुन नसक्ने दोहोर्याएको छ। परराष्ट्र मन्त्रालयको जिम्मा संहालेकी उपप्रधानमन्त्री सुजाता कोइरालाले नै प्रधानमन्त्री माधवकुमार नेपालको विकल्प खोज्ने बेला भएको भनि दिएको टिप्पणीले प्रमुख प्रतिपक्षी माओवादीलाई सबैभन्दा बढी उत्साहित बनाएको देखिएको छ। सरकारको नेतृत्वबारे सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भित्र चर्किन थालेको असन्तुष्टि छताछुल्ल भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संभावनाकाबारे सोमबारको उच्चस्तरीय संयन्त्रको बैठकमा कुरा उठान गरेको बुझिएको छ। तर बैठकका एकजना सहभागी नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले त्यस्तो संम्भावनालाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सीधै अस्विकार गरिदिएको बताए। उनले भने, “माओवादी त जहिले पनि यो सरकारलाई विस्थापित गर्न चाहन्छ, तर अहिले त्यसो गर्ने बेला होइन।”सरकार परिवर्तनबारे संयन्त्रको सो बैठकमा थोरै कुरा भएको बताइएपनि मुख्यरुपमा विगत नौ महिनादेखि जारी राजनीतिक गतिरोध तोड्ने विषयमा छलफल भएको थियो। तर राजनीतिक गतिरोध तोड्ने एउटा औजार हुन सक्ने संकल्प प्रस्तावको भाषाको विषयमा माओवादी र सत्तारुढ दलहरुबीचको विवाद कायमै छ। कांग्रेस प्रवक्ता केसीका अनुसार सभापति कोइरालाले पुराना कुरा बिर्सिएर नयाँ शुरुवात गर्न माओवादीलाई आग्रह गरेका छन्।
तर राष्ट्रपतिले तत्कालीन सेनापतिलाई थमौती गर्ने कदमको विरोध गरिरहेको माओवादीले आफ्नो अडान त्यागेको छैन। आफुले सत्ताको बागडोर छोडेपछि बनेको २२ दलको समर्थन प्राप्त सरकारको विरोधमा एकपछि अर्को आन्दोलन छेडेको माओवादी अब पाँचौं चरणको आन्दोलनको तयारीमा जुटेको छ।
साथै आफ्नो नेतृत्वमा संयुक्त सरकार बन्नुपर्ने कुरा पनि माओवादीले लगातार दोहोराइरहेको छ।
तर राष्ट्रपतिले तत्कालीन सेनापतिलाई थमौती गर्ने कदमको विरोध गरिरहेको माओवादीले आफ्नो अडान त्यागेको छैन। आफुले सत्ताको बागडोर छोडेपछि बनेको २२ दलको समर्थन प्राप्त सरकारको विरोधमा एकपछि अर्को आन्दोलन छेडेको माओवादी अब पाँचौं चरणको आन्दोलनको तयारीमा जुटेको छ।
साथै आफ्नो नेतृत्वमा संयुक्त सरकार बन्नुपर्ने कुरा पनि माओवादीले लगातार दोहोराइरहेको छ।
No comments:
Post a Comment