लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ फेब्रुअरी, २०१०,एनेकपा माओवादीले संविधानसभाका विवादित विषयहरुमा जनमत संग्रह गर्नु पर्ने प्रस्ताव अघि सारेको छ ।माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधानसभामा प्रस्तावित विषयहरुमा सहमति नजुटे जनमत संग्रह गर्न सकिने बताएका हुन् । उनले विशेषा गरी प्रदेशको सिमांकनमा सहमति नभए जनमतसंग्रह गर्नु पर्ने बताए । सविधानसभामा जारी राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको छलफलमा आज बोल्दै भट्टराईले प्रस्तावित १४ प्रदेशको सिमांकनमा सहमति नभए जनमतसंग्रह गर्न सकिने बताएका हुन् । 'वस्तुगत रुपमा १४ प्रदेशको खाका ठीकै छ,' उनले भने –सिमांकन केही मिलेको छैन, बसेर मिलाउँ, नभए जनमतसंग्रहमा पनि जान सकिन्छ ।' भट्टराईले लोकतन्त्रलाई बलियो बनाउन केही समयका लागि राजनीतिक अग्राधिकार दिनुपर्ने समेत बताए । 'कमजोर र बलियोबीच प्रतिष्पर्धा हुन सक्दैन,' उनले भने, 'लोकतन्त्रलाई बलियो बनाउन, दुवै पक्षलाई समान बनाउन पनि केही समय राजनीतिक अग्राधिकार दिनु पर्छ । उनले दलहरुबीच सहमित भए अहिले घोषणा भएका प्रदेशहरुमा फेरवदल गर्न माओवादी तयार रहेको बताए । उनले समान भौगोलिक र सांस्कृतिक एकरुपता भएको क्षेत्रलाई एक प्रदेश बनाउँदैमा त्यसलाई जातीयता मात्रै भन्न नसकिने जिकिर गरे।

No comments:
Post a Comment