लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत सरकारले विद्यार्थी भिसामा त्यहाँ अध्यायनरत पाँच नेपाली विद्यार्थीलाई फिर्ता पठाएको छ। विद्यार्थीहरुको बसाइ गैरकानुनी भएकाले फिर्ता पठाइएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ। राजदूतावासले ती पाँचै जनालाई कार सफाइमा गैरकानुनीरुपमा काम गरेको आरोप लगाएको छ। दूतावासको भनाईप्रति पीडित विद्यार्थीहरुले आपत्ति जनाएका छन्। नेपाल फर्किएका ती विद्यार्थीले आफू अध्ययनरत कलेजका कारण नेपाल फर्कनु परेको बताए। बेलायत प्रहरीले अनुसन्धानका क्रममा फोन गर्दा कलेजले अनुपस्थित भएको जानकारी दिएपछि आफूलाई नेपाल फर्काइएको उनले बताए। उनी नेपाली साचालकको कलेजमा अध्ययन गर्दथे। केही नेपाली साचालकका कलेजहरुमा टियर फोर लागू भएदेखि बेलायत आएर पनि कलेज नगएकाहरुलाई भर्ना गरिएको ती विद्यार्थीको गुनासो छ। उनी गत अक्टोबरबाट कलेज गएका थिएनन्। फर्काइएकामध्ये अरु चारले आफूहरु कलेजमा भर्ना नभएको स्वीकार गरेका छन्। दूतावासले ती विद्यार्थीहरु एक हप्ताअघि फिर्ता भएको जनाएको छ।
No comments:
Post a Comment