लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको समर्थनमा ३४ औ प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनु भएका एमाले अध्यक्ष झलनाथ खनालले नेपाली काग्रेस र मधेसवादी दलहरुलाई आफु नेतृत्वको सरकारमा सहभागी हुन आब्हान गरेका छन् । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित स्वागत समारोहमा खनालले आफ्नो विजयको श्रेय लोकतन्त्र र शान्ति प्रेमि नेपाली जनता र तिनका प्रतिनिधि राजनीतिक दलहरुलाई दिदै शान्ति र संविधानका लागि सबै समेटेर अघि बढ्ने पनि बताए । नवनिर्वाचित प्रधानमन्त्री खनालले समयमै संविधान बन्ने सम्भावना रहेको भन्दै आफू त्यस सम्भावनालाई समातेर अघि बढ्ने बताए । नयाँ सरकारको मन्त्रीमण्डलको गठन र स्वरुपको विषयमा खनालले आफूले सपथ लिएर पदभार सम्हाले लगत्तै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेको बताए । उनले माओवादी लडाकुको समायोजन प्रक्रियालाई पनि तत्कालै सहमतिमा आगडि बढाउने समेत स्पष्ट पारे । खनाललाई प्रधानमन्त्रीमा निर्वाचित भएको मा कार्यकर्ता र नेताहरुले बधाईका साथै कार्यकालको सफलताको कामना गरेका थिए । सो अवसरमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली भने उपस्थित थिएनन् । नवनिर्वात प्रधानमन्त्रीलाई स्वागत गर्न आयोजित कार्यक्रम पछि बसेको एमाले स्थायी समितिको बैठकले हिजो भएको प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी बनाउने सबै दल र सभासद्लाई धन्यवाद प्रस्ताव पारित गरेको थियो ।
No comments:
Post a Comment