News

Feb 4, 2011

राष्ट्रपति नयाँदिल्लीमा नेताहरुसँग भेटघाटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, माघ २१ - भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादवले विहीवार भारतका केही प्रमुख मन्त्री तथा सत्ता र विपक्षका नेताहरुसँग भेटेका छन् । प्रायः द्विपक्षीय भेटहरुमा सधै हुनेजस्तै कुराहरु बिहीबारका भेटहरुमा पनि भएको नेपाली अधिकारीहरुले जनाएका छन् । 'नेपाली शान्ति प्रकृयाकोबारेमा भारतीय नेताहरुले चासो देखाउनु भयो,' भेटहरुमा उपस्थित परराष्ट्र सचिव मदन भट्टराईले कान्तिपुरसँग भने- 'समयमै सम्बिधान बनोस्, राजनीतिक स्थायित्व भन्ने उहाँहरुको चाहना रह्यो ।' दुई देशबीच निर्णय हुन बाकी रहेका कयौं विषयबारे सर्सर्ती कुरा उठेको उनले बताए । 'त्यस्ता विषयबारे सेरेमोनियल राष्ट्रपतिसँगको भेटमा विस्तृतमा उठाउने कुरा पनि भएन,' भट्टराईले भने । राष्ट्रपतिलाई विहीवार भेट्ने भारतीय नेताहरुमा अर्थमन्त्री प्रणव मुखर्जी, गृहमन्त्री पी चिदम्बरम, रक्षा मन्त्री एके एन्टोनी, जनता दल युनाईटेडका नेता शरद यादव र कँग्रेसका महासचिव जनार्दन द्विवेदी छन् ।
'सर्सती' कुरा उठेका विषय मध्ये दुई देशबीचको सुपुर्दगी सन्धीको नया संस्करण पनि थियो जसकाबारेमा लामो समयदेखि निर्णय हुन सकेको छैन । भारतीयहरु त्यसमा नेपालले जतिसक्दो चाडो निर्णय गरेर हस्ताक्षर गरिदेओस् भन्ने चाहन्छन् । नेपाल पक्ष त्यो विषय राजनीतिरुपमा सम्वेदनशील रहेको र देशको राजनीति तरल रहेको भन्दै पन्साउने गरेको छ । यसैबीच, राष्ट्रपतिसँग विहीवार भेट्नुअघि दिल्लीमा नेपालसँगको सीमानाको आफूपट्टीको भागमा भारतले सडक बनाउनु पर्नेमाग गरेका विहारका मुख्य मन्त्री नितिष कुमारले राष्ट्रपतिसँगको भेटमा चाहि त्यसविषयमा कुरा नगरेको भट्टराईले जनाए । वार्तामा दुबै पक्षको चासोको विषय रहेको कोशी बाढीबारे चर्चा चलेको बताइएको छ ।

No comments: