लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा (सुनसरी), अषाढ १७ - सप्तकोसी नदीमा शुक्रबार दिउँसो पौने दुई बजे ड्रेजर पल्टिएर बेपत्ता भएका तीनजनाको स्थानिय नाबिक र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएका तीनै जनालाई अहिले कोसी ब्यारेजस्थित नियन्त्रण कक्षमा ल्याइएको छ । विहान कोसीमा वालुवा सफाइ गर्न कोसी ब्यारेज भन्दा ढेड किलोमिटर दक्षिण गएको उक्त ड्रेजर मेसिन पानीको बेग थाम्न नसकी पल्टिएको थियो । पल्टिएको उक्त ड्रेजर मेसिनमा अपरेटरसहित तीनजना सवार रहेको र तीनै जनालाई सकुसल उद्धार गरी कोसी ब्यारेज नियन्त्रण कक्ष ल्याइएको प्रहरी चौकी कोसी ब्यारेजका प्रहरी नायव निरीक्षक शम्भू बस्नेतले जानकारी दिए । उद्धार गरिएकाहरुमा मेसिनका अपरेटर भारतको केरलाका मोहन एमडी, कामदारहरु बिहारको पटनाका रणधीरकुमार सिंह र राजीवकुमार सहनी रहेको बस्नेतले बताए । पौडी खेल्न जानेकाले उनीहरु डुबेको र घटनालगत्तै उद्धारका लागि पाँचवटा डुंगा परिचालन गरिएकाले सकुशल उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ । नियन्त्रण कक्षमा ल्याइएका तीनैजनाको अवस्था सामान्य छ ।
No comments:
Post a Comment