News

Oct 11, 2010

निर्वाचन आयोगले नागरिकताको अडान नछाड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी,निर्वाचन आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले राज्य प्रचलित ऐन र कानुनको परिधिमा रहेर चल्ने भएकाले राजनीतिक दलहरुको लहडबाजीपूर्ण विरोधमा नअल्झिइ फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई सघाउन सबैसँग आव्हान गर्नुभएको छ ।आयुक्त यादवले आज इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसवादी दलहरु र मञ्च सम्वद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्सँग समेत नागरिकताकै आधारमा मतदाता नामावली सङ्कलन गर्ने विषयमा छलफल भइरहेको बताउँदै अहिल्यै पुरानो मतदाता नामावलीका आधारमा नयाँ फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य नरोकिने पनि प्रष्ट पार्नुभयो ।आयुक्त यादवले नागरिकता नभएकाहरुको पनि फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न सकिने भनेर आएको समाचार गलत रहको बताउनुभयो र भन्नुभयो – आयोगको काम वैज्ञानिक ढङ्गले नेपाली मतदाताको नामावली तयार पार्ने रहेकाले जे नीति बनाएर काम थालिएको छ त्यही आधारमा यो काम अघि बढ्छ ।राजनीतिक दलहरुले मौसमीरुपमा आफूलाई स्थापित गर्नका लागि मतदाता नामावली सङ्कलन रोक्ने भन्ने निर्णय गर्नु अस्वाभाविक नभएको टिप्पणी गर्दै आयुक्त यादवले सङ्घीय लिम्बुवान राज्य परिषद्लाई पनि सहमतिमा ल्याउन आयोगले छलफल गर्ने बताउनुभयो ।मतदाता नामावली सङ्कलन गर्ने कार्य निरन्तररुपमा हुने जानकारी दिँदै उहाँले बाहिर गएका वा विभिन्न कारणले मतदाता नामावली सङ्कलन गर्दाको अवस्थामा घरमा नभएका नागरिकले पनि कार्यालयमा गएर आफ्नो नाम सूचीकृत गर्न सक्ने विकल्पलाई आयोगले खुल्ला राखेको जानकारी दिनुभयो ।आयुक्त यादवले सबै राजनीतिक दल, स्थानीय निकाय र सञ्चारकर्मीसँग फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्यमा आइपर्ने व्यवधान हटाउन सहयोगका लागि आग्रह गर्नुभयो ।पत्रकार सम्मेलनमा इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद दाहालले वैदेशिक रोजगारमा गएका, पढ्न विदेश गएका र बाहिर जिल्लाबाट आएका तर बसाइ सराइको कागजात नभएका नागरिकलाई समस्या परेको तथ्यतर्फ आयुक्त यादवको ध्यान आकृष्ट गर्नुभएको थियो ।

No comments: