लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले आज नेकपा (एमाले) निकट अनेरास्ववियुको २० औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री नेपालले नयाँ नेतृत्वको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।प्रधानमन्त्रीले विगतको समीक्षा गर्दै सन्तुलित र जिम्मेवार भूमिकाका साथ विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन नयाँ नेतृत्वलाई सुझाव दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।उहाँले राष्ट्रिय राजनीतिमा पार्टीलाई स्थापित गर्न अखिलले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने चर्चा गर्दै पार्टीले समेत विद्यार्थी नेताहरूलाई उचित मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।समारोहमा नेकपा -एमाले)का स्थायी कमिटीका सदस्यहरू, २० औं राष्ट्रिय सम्मेलनको अध्यक्षमण्डल र निर्वाचन मण्डलका अध्यक्ष तथा सदस्यहरू र पूर्व विद्यार्थी नेताहरू सहभागी हुनुहुन्थ्यो ।
No comments:
Post a Comment