News

Oct 8, 2010

संविधानसभाका विवादित विषयमा पनि छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका विषयगत समितिका विवादित विषयमा सहमति जुटाउन आजपनि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसंगको छलफललाई जारी राख्नुहुने भएको छ ।संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमतिका लागि संविधानसभाको हल नयाँ बानेश्वरमा दिउँसो साढे १ बजेबाट बैठक सुरु हुने संविधान सभाका उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले जानकारी दिनुभयो । संविधानसभामा सबैभन्दा बढि राज्यको शासकीयस्वरुप निर्धारण समितिको प्रतिवेदनमा विवाद उठेको छ ।अन्तरिम संबिाधानको धारा ७० को आधारमा दलहरकाबीचमा गठित प्रतिबेदन अध्यन सुझाव समितिले पेस गरेका विषयमा छलफल हुने छ । त्यस्तै समिति अन्तर्गतका फरक मतहरु, संबिधान सभामा सभासदहरुले बोलेका असहमतिका बिषयहरु, छुटेका बिषबस्तुहरुका बारेमा छलफल गरेर प्रश्नावली घटाउने प्रयास हुने उपाध्यक्ष सुवेदीले बताउनुभयो ।छलफलमा दलका नेताहरु,प्रमुख सचेतकहरुको सहभागिता रहने छ । यसअघि प्रमुख दलहरुबीच विवादित विषयमा सहमति नभए मतदानबाट टुङ्गो लगाउने सहमति भएको थियो ।संविधानसभाका ११ विषयगत समितिमध्ये आठ वटा समितिका मस्यौदालाई असोज मसान्तसम्म संवैधानिक समितिमा पठाइसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ ।

No comments: