लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० असोज,सरकारले दुई वर्षअघि घोषणा गरेको महत्त्वाकांक्षी अभियान नेपाल पर्यटन वर्ष, २०११ को सयदिने काउन्टडाउन आजबाट सुरु हुँदै छ । काउन्टडाउन सुरु भएको घोषणा प्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयबाट गर्ने भएका हुन् । प्रधानमन्त्री नेपालले बिहीबार वसन्तपुरबाट सरसफाइ अभियान सुरु गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटनका लागि सरसफाइ महत्त्वपूर्ण भएकाले अभियान मुलुकभर विस्तार गरिने बोर्डले जानकारी दिएको छ ।
राजनीतिक अन्योल हटे र सरकार/व्यवसायीबीचको सहकार्य राम्रो भए पर्यटन वर्ष अभियान सुरु हुने सन् २०११ जनवरी १४ नेपालको पर्यटन इतिहासमा महत्त्वपूर्ण दिन हुनेछ । नेपालको शान्तिप्रक्रियाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन अनमिनको म्याद पनि जनवरी १४ सम्म थपिएको छ । म्याद थप अन्तिम भएकाले त्यतिवेलासम्ममा माओवादी लडाकु समायोजन तथा शान्तिप्रक्रियाको सबै काम सक्नुपर्नेछ । त्यसो भए जनवरी १४ सँगै पर्यटनमार्फत नेपालको अर्थतन्त्रले कोल्टे फेर्न सक्ने विश्वास गरिएको छ ।

No comments:
Post a Comment