News

Oct 8, 2010

जेलमा रहेका चीनका अधिकारवादी नेता लुईलाई नोबेल पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २२ - जेलमा रहेका चीनका अधिकारवादी नेता लुई जिआबोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने भएका छन् । नर्वेको ओस्लोमा घोषणा गरिएको नोबेल पुरस्कारको चीनले विरोध गर्ने निश्चित रहेको विविसीले जनाएको छ । 'लुई जिआबो चीनको मानवअधिकारको क्षेत्रमा अग्रणी छन्,' नोबेल समितिका अध्यक्ष थोरवजोरनले भनेका छन् । पुरस्कारको घोषणा गर्दै उनले भने 'संसारमा चीनको दायित्व बढेको छ ।' बहुदलिय प्रजातन्त्र र मानवअधिकारको पक्षमा वकालत गर्दै आएका ५४ वर्षीय विवाहित लिउका सन्तान छैनन् । उनकी श्रीमतिलाई पनि वेइजिङस्थि उनकै घरमा नजरबन्दमा राखिएको छ । 'सह-लिखित वडापत्र –२००८' लेखेपछि उनलाई २००८ मा जेल चलान गरिएको थियो । वडापत्रमा उनले कम्युनिष्ट मुलुकमा राजनीतिक सुधार भन्दै व्यापक बितरण गरेका थिए । यसलाई 'कडा वडापत्र' भन्दै त्यहाँका धेरै जनताले सहमति जनाएका थिए । उनले एकदलीय कम्युनिष्ट शासनको विरोध पनि गरेका थिए । यस वडापत्र लेखेकोमा अपराध गरेको भन्दै उनलाई चीन सरकारले जेल चलान गरेको थियो । चिनयाँ साहित्यमा विद्यावारिधि प्राप्त लिउ वेइजिङस्थित नर्मल युनिभरसिटीका प्राध्यापक पनि भइसकेका हुन् । विभिन्न समयमा भएको प्रदर्शनमा उनको संलग्नता रहेको भन्दै चिनियाँ सरकारले प्राध्यापनमा रोक लगाएको थियो । हाल पनि लिउका लेख रचना प्रकाशनमा यहाँको सरकारले प्रतिवन्ध लगाएको छ । जिआबोको पक्राउप्रति पश्चिमी सरकार, अधिकारवादी, बुद्धिजिवी लगायत विभिन्न संयुक्त राष्ट्र संघ, युरोपियन युनियनले विरोध गर्दै आएका छन् ।

No comments: