News

Oct 7, 2010

सोलुखुम्बुमा राकेश सुदलाई ८ जोर जुत्ता प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोलुखुम्बु, २० असोज फाप्लु विमानस्थलमा उत्रनासाथ खादा ओढाएर सम्मान गरिएका भारतीय राजदूत राकेश सुदमाथि विमानस्थलबाट बाहिरिन नपाउँदै जुत्ता प्रहार भएको छ । सार्वजनिक ओहोदाको कुनै पनि व्यक्तिलाई जुत्ता हानिएको नेपालमा यो पहिलो घटना हो । नेपाल-भारत विकास मैत्री संघको सोलु शाखा उद्घाटन गर्न बुधबार बिहान ८:३० मा सुद फाप्लु विमानस्थलमा ओर्लिएका थिए । नेपाल एअरलाइन्सको विमानबाट झर्नासाथ आयोजकले उनलाई बाजागाजासहित खादा ओढाएर स्वागत गरेका थिए । तर, भित्र बाजागाजा भए पनि विमानस्थलबाहिर माओवादी कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरिरहेका थिए ।
सुद विमानस्थलबाट बाहिर आएर गाडी चढ्न खोज्दा उनीमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेका थिए । केही सेकेन्डमै उनीमाथि आठ जोर जुत्ता प्रहार भएका थिए । प्रदर्शनकारीले जुत्ता मात्र होइन, ढुंगा पनि प्रहार गरेका थिए । तर, सुदलाई कुनै चोटपटक भने लागेको छैन । हिमाली क्षेत्रमा समेत पुगेर चीनविरोधी गतिविधि गर्न सोलुखुम्बु आएको आरोपमा माओवादीका स्थानीय कार्यकर्ताले सुदलाई कालो झन्डा देखाउने कार्यक्रम तय भएको थियो । माओवादी पोलिटब्युरो सदस्य तथा सभासद् गोपाल किराती र अर्का सभासद् आङदावा शेर्पाले विरोध कार्यक्रमको नेतृत्व गरेका थिए 

No comments: