News

Oct 8, 2010

लिम्बुवान कार्यकर्ताले खोसे मतदाता टोलीको क्यामरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमक, असोज २२- लिम्बुवानका कार्यकर्ताले स्क्यानर मेसिन र क्यामेरा खोसेर लगेपछि झापाको दमक-१५ मा फोटोसहितको मतदाता नामावली तयार गर्ने काम रोकिएको छ। प्रहरीका अनुसार लिम्बुवानका कार्यकर्ताले मतदाता नामावली बनाउँदै गरेको टोलीसँग भएका कागजात पनि लुटेर लगेका छन्। हिजो साँझ मोटरसाइकलमा आएका लिम्बुवान कार्यकर्ताले स्थानीय पाणिनी माविमा सञ्चालित मतदाता टोलीसँग भएको स्क्यानर मेसिन र क्यामेरा लुटेर लगेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
घटनामा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक नविन कार्कीले बताउनुभयो।यसअघि पनि लिम्बुवान कार्यकर्ताको अवरोधका कारण दमक-५ मा मतदाता नामावली तयार गर्ने काम स्थगन भएको थियो।
मुलुक सङ्घीय राज्यमा जाने तयारी भइरहेको अवस्थामा अहिले तयार गरिने नामावलीको प्रयोजन नहुने दाबी गर्दै लिम्बुवान कार्यकर्ताले नामावली तयार गर्ने काममा अवरोध गर्दै आएका छन्।

No comments: