लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको विस्तारित बैठक फेरि सरेको छ । कात्तिक १२ गतेदेखि गोरखामा हुने भनिएको विस्तारित बैठक कात्तिक २८ गते मात्रै गरिने निर्णय भएको छ ।एकीकृत माओवादीको आज बिहान बसेको पदाधिकारी बैठकले भेला सार्ने निर्णय गरेको हो । कात्तिक ६ गतेदेखि चितवनमा हुने भनिएको भेला डेंगु रोगको प्रकोपका कारण गोरखामा गर्ने तय भएको थियो ।दसैं, तिहार र छठ पर्वमा नजिकिइरहेको र तयारी पनि नपुगेकाले बैठक सार्ने निर्णय भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।यसैगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साङ्घाइ महोत्सवमा सहभागी हुन चीन जाने कार्यक्रम रहेकाले भेला परि सारिएको माओवादीले जनाएकोछ ।पार्टी केन्द्रीय कमिटीमा प्रस्तुत भएको अध्यक्ष र उपाध्यक्षद्वयको राजनीतिक प्रतिवेदनलाई विस्तारित भेलाबाट पारित गर्ने सहमति भइसकेको छ । माओवादीले विस्तारित भेलामा ५ हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने जनाएकोछ ।आज बिहान बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री चुनाव र दलहरुसँग सहमतिका लागि भइरहेको प्रयासबारे पनि छलफल भएको थियो ।
No comments:
Post a Comment