लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्चले आज यहाँ प्रस्तावित लिम्बुवान स्वायत्त राज्यको खाका प्रस्तुत गरेको छ ।प्रस्तावित लिम्बुवान स्वायत्त राज्यको खाका सहितको अवधारणामाथि आदिवासी जनजाति, दलित, मुस्लिम लगायत लिम्बुवान राज्य क्षेत्रका सरोकारवाला र आम नागरिकबीच अन्तक्रिर्या गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सो खाका प्रस्तुत गरिएको हो ।सो अवसरमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष अर्जुन लिम्बुले लिम्बुवान क्षेत्रको सीमा, भाषा, धर्म, राज्य कार्यपालिका, राज्य व्यवस्थापिका लगायतका विषयमा चर्चा गर्दै दलितको सन्दर्भमा राज्यले विशेषाधिकारको व्यवस्था गर्न जरुरी छ भन्नुभयो ।दलितमाथि रहेको सामाजिक भेदभाव, छुवाछुतलाई उन्मूलन गरी राज्यले व्यक्तिगत क्षमताको कदर गर्न सके समावेशी विकासका लागि उपयुक्त वातावरण सिर्जना हुने उहाँको धारणा छ ।यसैगरी प्रा डा कृष्ण हाछेथुले प्रस्तावित प्रदेशको सीमाङ्कन गर्दा लक्ष्यित समूहको बाहुल्यता र भूगोलको वैज्ञानिक औचित्यका आधारमा गरिनुपर्नेमा जोड दिनुभयो ।आगामी संविधान निर्माण र राज्यको पुनःसंरचनाको सवालमा लिम्बुवान स्वायत्त राज्य क्षेत्रका मुद्दा र यस क्षेत्रमा बसोबास गर्ने गैर लिम्बुबीचको चाहनाबीच छलफल गरी साझा बुझाइ निर्माण गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।
No comments:
Post a Comment