News

Oct 10, 2010

'नेपाली साहित्यमा हङ्कङको योगदान" शोधपत्रमा विमर्श

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा 'नेपाली साहित्यमा हङ्कङको योगदान" त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षो दसौँ पत्रको प्रयोजनका लागि शोधार्थी दीपक सुवेदीले तयार पारेको शोधपत्रमाथि आज सनराइज पत्रिकाको कार्यालय जोर्डनमा विमर्श कार्यक्रम सम्पन्न भयो । नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रतिष्ठानका सदस्य डिबी पालुङवा, शोधपत्रबारे संक्षिप्त जानकारी सचिव देश सुब्बाले गराएका थिए । उनले नेपाल र भारत पछि हङकङको नेपाली साहित्यबारेमा यो पहिलो शोधपत्र भएको र हङकङको साहित्य बारेमा डा.गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट बि.ए.को तेस्रो वर्षमा ऐच्छिक नेपालीमा पढाइ हुने कुरा पनि जानकारी गराए । विमर्शमा सनराइज साप्ताहिकका भूपेन्द्र चेमजोङ, एभरेष्ट साप्ताहिकका किसन राई, साब्लाबुङ साहित्यिकका राजकुमार राई, कवि प्रकाश छाङछा, समुच्च विचारकी दीपा राई, प्रतिष्ठानका सदस्य दिल पालुङ्वा नेपाल कुश्शा र उपस्थित व्यक्तिहरूले सल्लाह र सुझाव दिए । सबैको सल्लाह बमोजिम भोलिको कोशेढुङ्गा त्यो शोधपत्रलाई परिमार्जन गर्न छुटेको सामाग्री उपलब्ध गराउने र पत्र तयार भएपछिसबै मिलेर पुस्तकको रुपमा प्रकाशित गर्ने निर्णय भयो ।

No comments: