लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २४ - सुर्खेतबाट सामान बोकेर उडेको मकालु एअरको कार्गो विमान आइतबार बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । विमान ल्याण्ड गर्ने बेला ब्रेक फेल भएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । विमानमा चालक दलका दुई जना सदस्य मात्र थिए ।
सिमिकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीका अनुसार विहान ७ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने बेलामा विमानको ब्रेक फेल भएर दुर्घटना भएको हो । 'चालकको कुशलताले ठूलो क्षति हुनबाट जोगिएको हो,'उनले भने-'प्राविधिक गडबडीले भएको दुर्घटनालाई चालक दलको अधिकतम प्रयासले न्युन क्षति भएको छ । माथिल्लो पाखामा ठोक्किएको भए धेरै नोक्सान हुनसक्थ्यो ।'
विमानको पछाडिको एउटा चक्का विमानस्थलको नालीमा गएको उनले बताए । रन वे को पश्चिम कुनाबाट टर्न गर्ने क्रममा विमानको लेफ्ट ब्रेक फेल भएर जहाज दाहिने आएर एउटा चक्का नालीमा खंसेको प्रमुख पातलीले जानकारी दिए । दुर्घटनाबाट जहाजको अघिल्लो भागमा क्षति पुगेको छ । सर्खेतबाट १ हजार २ सय ९० किलो सामान बोकेर उक्त विमान सिमिकोटलाई उडेको थियो । हुम्ला संवाददाता जयबहादुर रोकायका अनुसार जहाजको अगाडिको पंखा, दाहिने पखेटा र पांग्रा क्षती ग्रस्त भएको छ । पांग्रा क्षति भएकाले जहाजको तल्लो भाग जमिनमा धसिएको छ ।जहाजमा क्याप्टेन वलराम पन्त र सहचालक विपुल पोखरेल थिए ।

No comments:
Post a Comment