लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २१- राजधानीमा सञ्चालित मासु पसलेले अस्वस्थकर मासु बिक्री गरिरहको भेटिएको छ। कतिपय मासु पसलमा कुहेर गन्हाएको मासु सँगै राखेर बिक्री गरेको समेत पाइएको छ। सरकारी टोलीले खिचापोखरी र शंखमुल क्षेत्रका मासु पसलेले फोहोर ठाउँमा काटेर बिक्री गरेको भेटेको हो। वाणिज्य विभागका महानिर्देशक अनिल ठाकुरले उनीहरुलाई सफा सुग्घर गर्न निर्देशन दिएको जानकारी दिए। विभागले गत सोमबारदेखि राजधानीका मासु र मिठाइ पसलको अनुगमन सुरु गरेको छ। अहिलेसम्म १० मासु पसलको अनुगमन गरिसकेको विभागले जनाएको छ। अनुगमनका क्रममा खिचापोखरीका थोक मासु पसल सबैभन्दा बढी अव्यवस्थित भेटिएका छन्। 'सडकमा मासु काटेर अव्यवस्थितरुपमा बिक्री गरेको भेटियो,' अनुगमनमा सहभागी विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने, 'उनीहरुलाई एक सातामा सुधार गरेर जानकारी पेस गर्न पत्र काटेका छौं।'
फोहोरी स्थानमा मासु काटेर बिक्री गर्ने खिचापोखरीका छ पसलेलाई विभागले स्पष्टीकरण सोधेको छ। खिचापोखरीका छमध्ये तीनवटा पसलको भने दर्ता नभएको पाइएको छ। आशाराम, विजय र दिलबहादुर शाहीले सञ्चालन गरेका पसल दर्ता नभएको र फोहोर पाइएको हो। यसैगरी खिचापोखरीकै न्यु फ्रेस चिकेन हाउस, फ्रेस चिकेन सेन्टर र ताज माछा पसल पनि अव्यवस्थितरुपमा सञ्चालन भएको भेटियो।

No comments:
Post a Comment