लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २२- नेपाल मेडिकल काउन्सिलले लिने अभ्यास अनुमति परीक्षामा विदेशबाट एमबिबिएस पढेर आएका झन्डै ७० प्रतिशत विद्यार्थी फेल भएका छन्। फेल भएकामध्ये अधिकांश ७ देखि १२ पटकसम्म परीक्षामा सामेल भइसकेका छन्।चिकित्सा पेसामा संलग्न हुनुअघि मेडिकल काउन्सिलबाट अस्थायी अनुमतिपत्र लिनु अनिवार्य छ। काउन्सिलले सय अंकको वस्तुगत प्रश्नावलीमा ५० प्रतिशत मिलाउनेलाई मात्र अस्थायी अनुमति दिने गरेको छ। अनुत्तीर्णमध्ये अधिकांश चीन, बंगलादेश, रसिया, फिलिपिन्सलगायत देशमा एमबिबिएस पढेर फर्किएका विद्यार्थी छन्।
काउन्सिलले पछिल्लोपटक गत शनिबार परीक्षा लिएर भोलिपल्ट नतिजा प्रकाशित गरेको थियो। धेरै विद्यार्थीले १० नम्बर पनि ल्याउन नसकेको काउन्सिलले जनाएको छ। चीन पढेका करिब २५ प्रतिशत मात्र पास भए।नेपालका ११ मध्ये ६ वटा कलेज पढेका विद्यार्थी भने शतप्रतिशत उत्तीर्ण भएका छन्। वस्तुगत प्रश्न मात्रै सोधिने परीक्षाका लागि विदेशी विशेषज्ञ जनशक्ति र सफ्टवेयरको प्रयोग गरिँदै आएको छ।
परीक्षामा विदेशमा एबिबिएस पढेका ३ सय ५० संलग्न भएकोमा १ सय ११ जना मात्रै पास भए।
चीनमा पढेर फर्किएका २ सय ५६ मध्ये ६५ जना मात्रै पास भए। त्यसैगरी रूस पढेर फर्किएका २४ मध्ये ४ जना, बंगलादेश पढेका ३२ मध्ये २४, फिलिपिन्स पढेका ८ मध्ये एकजना उत्तीर्ण भएका छन्।
नेपालका कलेजबाट सहभागी २ सय ९६ जनामा २ सय ८४ जना उत्तीर्ण भए। यस्तै, डेन्टलतर्फ ४५ जना परीक्षामा सामेल भएको २४ पास भएको काउन्सिलले जनाएको छ।त्यसैगरी भारत पढेका ९ जनै उत्तीर्ण भएका छन् भने बेलारूस, काजकिस्तान, माल्डोभान पढेर फर्किएका कोही उत्तीर्ण भएन। डेन्टलतर्फ विदेश पढेर फर्किएका झन्डै ४० प्रतिशत फेल भएका छन्।यसअघि सञ्चालित परीक्षामा पनि विदेशबाट एमबिबिएस पढेर फर्किएका ४ सय ३० मध्ये ४३ प्रतिशत फेल भएका थिए।
पछिल्लो नतिजाअनुसार नेपाली मेडिकल कलेजमा पढेर काउन्सिलको परीक्षामा सामेल भएकामध्ये ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 'विदेशी कलेज पढेर आउने अधिकांशको परीक्षा राम्रो छैन,' काउन्सिल अध्यक्ष डा. सोमनाथ अर्यालले भने, 'यसले विदेशमा एमबिबिएस पढ्ने विषयगत ज्ञानमै कमजोर रहेको देखाएको छ।'

No comments:
Post a Comment