News

Feb 1, 2011

माओवादी शीर्ष नेताहरुको नक्कली नागरिकता बनाइ ठगी गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी शीर्ष नेताहरुको नक्कली नागरिकता बनाइ ठगी गर्ने इश्वरी पोखरेललाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। पक्राउ परेका पोखरेलबाट माओवादी नेता नेत्र विक्रम चन्द, जनार्दन शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माको नाममा बनाइएको नक्कली नागरिकता बरामद भएको छ। पोखरेलले विभिन्न व्यक्तिबाट ३१ लाख रुपैयाठगी गरेको प्रहरीले जनाएको छ। पोखरेलका साथबाट नेपाल र भारतका गरि एघार थान सीमा कार्ड, बिभिन्न बैंकका एटिएम, लालपूर्जा बरामद गरेको छ। यसैगरी बा आठ च चार आठ नौ नौ नम्बरको पिक्यान्टो कार र ल्यापटपसमेत प्रहरीले बरामद गरेको छ। स्नातक तह उतिर्ण बत्तीस बर्षीय पोखरेल दुईहजार उनानसाठ्ठी सालसम्म भारतीय सेनामा कार्यरत थिए। सेनाको जागिर छोडेपछि गतबर्ष मात्र उनले दिल्लीको एक पसलबाट साढे आठ लाख रुपैयाँ भारु चोरेर नेपाल आएका थिए। नेपाल आएपछि आफुलाई माओवादी नेता भएको बताउँदै उनले विभिन्न बैंक तथा उद्योगपतिहरुलाई आफ्नो नाममा पैसा पठाउन धम्क्याउने गरेका थिए।

No comments: